
काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा अल न्यु सफारी सार्वजनिक गरेको छ ।
कम्पनीले बिहिबार एक कार्यक्रम गरी गाडी नेपाली बजारमा प्रवेश गराएको हो । नयाँ टाटा सफारीको गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण रहेको कम्पनीले जनाएको छ ।
उत्कृष्ट डिजाइन, सुरक्षित र आरामदायी टाटा ‘फरेभर रेञ्ज’का गाडीहरुको तीन आधार स्तम्भहरू रहेको कम्पनीले जनाएको छ । सिप्रदी ट्रेडिङ्गका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले नेपालमा नयाँ सफारीको आगमन टाटासँगको सिप्रदीको व्यापारिक साझेदारीमा अर्को कोशेढुंगा भएको बताउनुभयो ।
यस्तै कम्पनीले सिप्रदीको नेपालभर रहेका टाटा मोटर्सका शो–रुमहरुमार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको पनि जनाएको छ । कम्पनीले यो गाडीको मूल्य ८१ लाख ९९ हजार देखी ९६ लाख १५ हजार सम्म कायम गरेको छ ।
प्रतिक्रिया दिनुहोस्