२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


बर्दियामा एकीकृत कृषि प्रणाली सुरु, पहिलो चरणमा केरा खेती र बङ्गुर पालन


26
Shares

बर्दिया । जिल्लामा एकीकृत कृषि प्रणाली मार्फत केरा खेती र बङ्गुर पालन कार्यक्रम सुरु गरिएको छ । गुलरिया र राजापुर नगरपालिकामा यो प्रणाली सुरु गरिएको हो ।

डिजिटल प्रणाली अन्र्तगत जिइओ कृषि एप्स मार्फत स्मार्ट फोन प्रयोग कर्ता किसानहरूले केरा खेती तथा बङ्गुर पालन सम्वन्धी विभिन्न परामर्श ज्ञान हासिल गर्न पाउने जनाइएको छ ।

न्यून आय भएका परिवारलाई लक्षित गर्दै कार्यक्रम ल्याइएको कार्यक्रम संयोजक कृष्ण तामाङ्गले बताउनुभयो । कार्यक्रममार्फत पहिलो चरणमा २ पालिकाका ३९ किसान लाभान्वित हुनेछन् ।