२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


पर्वतको कुश्माकी पुतली परियारको कुवेतमा मृत्यु


0
Shares

पर्वत । रोजगारीका लागि कुवेत पुगेकी पर्वतकी एक महिलाको मृत्यु भएको छ ।

पर्वतको कुस्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखी कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट, २०२१ अर्थात मंगलबार मृत्युु भएको नेपाली दुतावासले जनाएको छ । उहाँको मृत्युको कारणवारे खुलेको छैन ।

नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालले दिएको जानकारी अनुसार परियारको मृत्यु भएको प्रारम्भिक जानकारी दूताबासमा आएको बताउनुभयो ।

राहदानी नं–१०३०९३१७ की परियारको अभिलेख हेर्दा उहाँले सन २०१४ मा साउदी अरबको लागि श्रम स्विकृति लिएको देखिएको छ । ४२ बर्षिय पुतली अहिले अबैधानिक रुपमै कुवेतमा काम गर्दै आएको दुतावासले जनाएको छ ।

दुतावासमा परियारको मृत्यु प्रमाण पत्र भने आईसकेको छैन । पुतली परियारको परिवार वा आफन्तहरुलाई कानुनी प्रकृया लगायतमा सहजिकरणका लागि नेपाली राजदूताबासको सम्पर्कमा आउन आग्रह गरेको छ । कुवेतको हटलाइन नं– ००९६५–९८८६९१२१ मा सम्पर्क गर्न दूताबासले अनुरोध गरेको छ ।