७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


प्रदेश १ मा विपक्षीहरुले बहुमत सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने

मुख्यमन्त्री नियुक्ती असंवैधानिक भएको आरोप

0
Shares

विराटनगर । एकिकृत माओवादी प्रदेश १ संसदीय दलका नेता ईन्द्र बहादुर आङबोले नवनियुक्त मुख्यमन्त्री विरुद्ध विपक्षी गठनबन्धहरुले बहुमत सांसदहरुको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने बताउनुभएको छ । आङबोले संविधानको धारण १६८ (१) अनुसार भीम आचार्यको नेतृत्वमा सरकार गठन हुनै नसक्ने दावी गर्दै विपक्षी गठनबन्धहरुले बहुमत सांसदहरुको हस्ताक्षर प्रदेश प्रमुखलाइ बुझाउने बताउनुभएके हो ।

प्रदेश १ को विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश प्रमुखले किर्ते गरेको आरोप लगाउनुभयो । संविधानभन्दा बाहिर गएर प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले पार्टी कार्यकर्ताको रुपमा काम गरेको उहाँको भनाइ छ ।

कार्कीले भन्नुभयो ‘दल विभाजन भएको छ, दलसम्बन्धी ऐनमा २१ दिनभित्रमा नयाँ दल रोज्न पाउने व्यवस्था छ, यो अवस्थामा हतारहतार गरेर नाटकीय ढंगले मुख्यमन्त्री बनाउन खोज्ने काम असंवैधानिक छ, ।’

नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र राईले आफूहरुको पक्षमा १० भन्दा बढी सांसद रहेको दावी गर्दै भीम आचार्य एमालेको बहुमतप्राप्त दलको नेताको रुपमा सपथ लिनु असंवैधानिक भएको बताउनुभयो ।

आचार्यले फोटो टाँस्नकै लागि हतारमा मुख्यमन्त्री बनेको उहाँको भनाइ छ । नेकपा एमाले विभाजित भइसकेको बेला प्रदेश १ को मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर तत्कालै मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रदेश प्रमुखले नियुक्ति गर्नु भएको थियो ।

प्रदेश सभामा जम्मा ९३ प्रदेश सभा सदस्य छन । जसमा विपक्षी गठबन्धनमा कांग्रेसका २१, जसपा ३, एमाओवादी १५ , नेकपा समाजवादीका ८ जना छन । लोकतान्त्रीक राष्टिय मञ्च १, स्तन्त्र १ संसाद छन् ।