१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अविरल वर्षाले वीपी र मध्यपहाडी राजमार्गहरु अवरुद्ध, कमला नदीले बगायो हजारौं हेक्टर जमिन


0
Shares

सिन्धुली । अविरल वर्षाको कारणले सिन्धुली जिल्लाको मरिण र कमला नदीमा आएको बाढीले हजारौ हेक्टर खेती योग्य जग्गाहरुको कटान शुरु गरेको छ । वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन् ।

वीपी राजमार्ग अन्तर्गत सिन्धुली बर्दिबास सडक खण्डका विभिन्न स्थानमा खहरेले अवरोध गर्नका साथै ठाउँ-ठाउँमा पहिरो गएको छ ।

त्यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुली जिल्लाको खुर्कोटदेखि उदयपुर जिल्लाको घुर्मी सम्म विभिन्न स्थानमा पहिरो गएपछि लोकमार्ग अवरुद्ध भएको हो ।

बाढी पहिरोबाट अवरुद्ध भएको वीपी राजमार्ग र मध्यपहाडी लोकमाग संचालन गर्नकालागि सडक विभाग र स्थानीय प्रशासनले प्रयास गरिरहेको छ ।

अविरल वर्षाले सिन्धुली जिल्लाको कमला,मरिण र चदाहा नदीमा आएको बाढीले स्थानीय किसानहरुको हजारौं हेक्टर उर्वराखेती योग्य जग्गाहरुको कटान शुरु गरेको छ ।

वर्षाले स्थानीय कमलामाई नगरपालिका -७ मा गएको पहिरोले ११ घर जोखिमा परेको प्रहरीले जनाएको छ ।