१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस राजनीतिमा निधिले दिन खोजेको सन्देश : विभिन्न धार्मिक पीठका प्रमुखलाई बोलाएर लिए मन्त्रणा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विभिन्न मन्दिरका पुजारीहरुसँग मन्त्रणा अर्थात शुभाशिष लिनु भएको छ ।

नेपाली कांग्रेस सभापतिको निर्वाचनको तयारीमा रहनु भएका निधिले पशुपतिनाथ, जानकी, दक्षिणकाली, बगलामुखी, डोल्श्वर लगायत विभिन्न पबित्र मन्दिरका पुजारी तथा पण्डित हरूबाट शुभाशिष लिनु भएको हो ।

निधिले सबै पुजारी तथा पण्डितहरुलाई बिहान बानेश्वर थापागाउँमा उद्घाटन गर्न लागिएको सम्पर्क कार्यालयमा निम्तो दिनु भएको थियो । निधिको सम्पर्क कार्यलयको आज दिउँसो उद्घाटन हुँदैछ ।