
नवलपुर । लगातार परेको वर्षाका कारण पुर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
नवलपुरको गैंडाकोटस्थित तेइस स्मृति पुल, थुम्सीमा रहेको डाइभर्सन, सशस्त्र वेश क्याम्प नजिकै रहेको डाइभर्सन र गैंडाकोट–११ भेडाबारीमा रहेको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले गैडाकोटसँगै विनयी त्रिवेणी गाउँपालिका दाउन्नेमा माथिबाट पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग दुई तर्फी अवरुद्ध भएको बताउनुभयो ।
अवरुद्ध सकड खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्