२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


यातायात व्यवस्था विभागले लाइसेन्सको परीक्षा सञ्चालन गर्ने


0
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले लकडाउनका कारण लामो समयदेखि रोकेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्ने भएको छ ।

तोकिएका मापदण्ड पूरा गरेर अबको एक सातापछि परीक्षा सञ्चालन हुने विभागले जनाएको छ । महामारीको जोखिम कायमै रहेकाले निश्चित मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने विभागले जनाएको छ । विभागले लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८ तय गरिसकेको छ ।

परीक्षार्थीहरूलाई ट्रायल हुने समय तोकी २४ घण्टाअगाडि जानकारी गराइने विभागले जनाएको छ । तोकिएको समयमा उपस्थित नभए सो दिनका अन्य सिफ्टमा समेत सामेल हुन नपाउने विभागको भनाइ छ । परीक्षा सञ्चान गर्दा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थी मात्रै सामेल गराइने मापदण्डमा उल्लेख छ ।

मापदण्डअनुसार परीक्षार्थीहरुले केन्द्रमा प्रवेश गर्नुअघि मास्क, स्यानिटाइजर र पिउने पानीको व्यवस्था आफैं गर्नुपर्नेछ । परीक्षा सुरु हुनु १५ मिनेट अगाडि मात्रै केन्द्रमा उपस्थित हुनुपर्ने छ ।