काठमाडौं । संघीय संसदमामा दुई दल थपिएका छन् । बुधबार निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएसँगै संघीय संसदका दुवै सदनमा दुई दल थपिएका हुन् ।
दुई दल दर्ता भएसँगै आयोगले संघीय संसद सचिवाललाई नयाँ दल दतार्का सम्बन्धमा जानकारी दिँदै सांसदहरुको नामावली पनि पठाएको छ । आयोगको तर्फबाट लेखिएको पत्रमा एकीकृत समाजवादीमा ३० संघीय सांसद र लोकतान्त्रिक समाजवादी पार्टीमा १४ संघीय सांसद रहेका छन् ।
नेकपा (एमाले)का तीव्र विवाद र असन्तुष्टि बढेपछि एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दल दर्ता गर्ने निर्णय गर्नुभएको थियो । दल दर्ता भए पनि यसअघि माधवकुमार नेपाललाई साथ दिएका दोस्रो तहका नेताहरूले भने विभाजनपछि साथ दिएनन् ।
त्यसैगरी ओली नेतृत्वको सरकारमा जाने वा नजाने भन्ने विषयमा जनता समाजवादी पार्टीमा प्रष्ट दुई धार देखिएपछि विवाद बढेको थियो । विवादकै बीच आयोगले बहुमत केन्द्रीय सदस्य रहेको उपेन्द्र यादव पक्षलार्ई आधिकारिता दिएपछि महन्थ ठाकुर पक्ष दलविहीन बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्