
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण देखिने भन्दा संक्रमण मुक्त हुनेको संख्या बढिरहेको छ ।
२ हजार ६५ जनामा संक्रमण देखिँदा २ हजार ३ सय ३७ जनाले संक्रमण जितेका छन् । १३ हजार १ सय १७ जनामा गरिएको परीक्षणमा १५ दशमलव ७ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको हो ।
काठमाडौ उपत्यकाका ७ सय १५ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा ४ सय ५४, ललितपुरका १ सय ६९ र भक्तपुरका ९२ जना रहेका छन् । उपत्यकापछि मोरङ र कास्की जिल्लामा बढी संक्रमण देखिएको छ ।
परीक्षणको तुलनामा कर्णाली प्रदेशमा बढी संक्रमण देखिएको छ । कर्णालीमा ९५ जनामा गर्दा ३४ जनामा संक्रमण देखिएको हो । भदौ महिनायता संक्रमितको संख्यामा कमि आएको छ ।
देशभर कोरोना संक्रमणका कारण थप २५ जनाको मृत्यु भएको छ । देशभर हाल ३७ हजार ५ सय ९९ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये ६ सय २२ आईसीयू १ सय ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्