
चितवन । पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले माधवकुमार नेपाल नेतृत्वमा बनेको पार्टीसँग एकता हुने बताउनुभएको छ ।
शुक्रबार चितवनको सौराहामा पत्रकारहरूसँग कुरा गर्दै पाण्डेले कुनै न कुनै विन्दुमा गएर माधवकुमार नेपालको पार्टीसँग एकता हुने बताउनुभयो । एमालेमा लामो समय योगदान दिएका नेताहरू जाँदा पार्टीलाई नोक्सान पुगेको उहाँको भनाइ छ ।
पार्टीमा नोक्सान पुगे पनि मूल घरनै भत्काएर हिँडेकाले समर्थन जनाउन असमर्थ रहेको भन्दै नेता पाण्डेले आफूहरूले माधव नेपाल नेतृत्वलाई धोका नदिएको प्रष्ट पार्नुभयो ।
आफूहरूको साथ समर्थन संविधान नभत्कियोस् भन्ने रहेको भए पनि नेपाल लगायतका नेताहरू पार्टी फुटाउन लागेपछि साथ छोडेको उहाँको भनाइ छ ।
अझै पनि उहाँहरू एमालेमा फर्कनुहुन्छ भन्ने आफूलाई लागिरहेको बताउँदै नेता पाण्डेले १० बुँदे कार्यान्वयन गर्दै नेकपा एमालेलाई थप बलियो बनाउनेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्