
काठमाडौं । नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।
प्रधानसेनापति पूर्णचन्द्र थापा बिदामा बसेपछि शर्माले नै कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएको थियो ।
नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम उनलाई भदौ २४ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानसेनापति थापाको पदावधि भदौ २४ गते सकिँदै छ ।
प्रतिक्रिया दिनुहोस्