१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


खोलाले बगाउँदा सिन्धुलीमा एक जना बेपत्ता


0
Shares

सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिकास्थित बितिजोर खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

खोला तर्ने क्रममा गोलन्जोर गाउँपालिका–२ बितिजोरका ५० वर्षीय पुण्यबहादुर कार्कीलाई बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाढीले बगाएर एक सय मिटर तलसम्म लगेको देखे पनि त्यसपछि नदेखेको स्थानीयले बताएका छन् । लुम्तीबेसीमा रहेको कृषिऔजार अचाप्ने आरनमा गएर कार्की फर्किएका थिए ।

घटनापछि स्थानीय प्रहरी र स्थानीय मिलेर बेपत्ता कार्कीको खोजतलास गरिरहेको छ ।