२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


निरन्तर आक्रमण भएपनि काबुलबाट आफ्ना सबै नागरिकको उद्दार गर्ने अमेरिकाको भनाई


0
Shares

एजेन्सी । अमेरिकाले काबुल विमानस्थलबाट अफगान नागरिकको निरन्तर उद्दार गर्ने जनाएको छ । तालिवानी र इस्लामिक स्टेट (आईएस) समूहले निरन्तर हमला गरेपनि अमेरिकाले ती नागरिकलाई सुरक्षित स्थानतर्फ लैजान अन्तिमसम्म प्रयास जारी राख्ने जनाएको छ ।

बिहीबार काबुल विमानस्थलको गेट नजिकै भएको विस्फोटमा परेर अमेरिकी सेनासहित १७० जनाको मृत्यु भएको छ । सो विस्फोटपछि पनि अझै आक्रमण हुनसक्ने अमेरिकाले जनाएको छ ।

अफगानिस्तानमा निरन्तर हमलाहरु जारी रहेसँगै नाटो सम्बद्ध राष्ट्रहरुले आफ्नो देशमा पनि सुरक्षा चुनौती बढेको भन्दै आपतकालीन उडानहरु बन्द गरेका छन् । फ्रान्सले विमानस्थलको सुुरक्षा चुनौतीपूर्ण भएको भन्दै उडान बन्द गरेको जनाएको छ । फ्रान्सले यसअघि नै तीन हजार भन्दा बढी अफगान नागरिकलाई आफ्नो देशमा पठाएको जनाएको छ ।

यस्तै अमेरिकाले एक लाख १० हजार भन्दा बढी नागरिकलाई एयरलिफ्टमार्फत अन्यत्र लगेको जनाएको छ । अमेरिकाले आफगानिस्तान छोड्ने पूर्व निर्धारित समयसीमा सकिनै लाग्दा सुरक्षा चुनौती बढ्न थालेको छ । अमेरिकाका अनुसार काबुल विमानस्थलभित्र अझै पनि पाँच हजार भन्दा बढी सर्वसाधारण अन्यत्र उडानको प्रतिक्षामा रहेका छन् ।

पछिल्ला दिनहरुमा अफगानिस्तनमा निरन्तर आतंकवादी हमलाहरु बढ्न थालेसँगै नागरिकहरु थप असुरक्षित हुन थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिकी सेनाले यही अगस्त ३१ मा अफगानिस्तान छोड्ने समयसीमा तोकिएको छ ।