१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर क्लबमा फर्कने पक्का


0
Shares

एजेन्सी । क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाईटेड क्लबमा फर्कने पक्का भएको जनाएको छ । युनाईटेडले क्लबका लिजेण्ड खेलाडी रोनाल्डो ओल्ड ट्राफोर्ड फर्कने विषयमा सहमति गरेको जनाएको छ ।

युनाईटेडले रोनाल्डोलाई क्लब फर्काउने विषयमा युभेन्ट्ससँग सहमति गरेको हो । युनाईटेडले रोनाल्डोसँग दुई वर्षको सम्झौता गर्ने बताइएको छ । युनाईटेडको शहरी प्रतिद्वन्द्वी म्यान्चेष्टर सिटीले समेत रोनाल्डो अनुबन्ध गर्न चाहेको थियो । तर युनाईटेडलेनै इच्छा देखाएपछि सिटी पछि हटेको हो ।

युनाईटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले पोर्चुगिज सहकर्मी ब्रुनो फर्नान्डेजले रोनाल्डोको भविष्यको विषयमा कुराकानी गरिरहेको बताएका थिए । युनाईटेडलेनै रोनाल्डोलाई पोर्चुगलको स्पोर्टिङ लिस्वोनबाट ईङ्ल्याण्ड ल्याएको थियो । रोनाल्डोले यसअघि युनाईटेडमा ६ सिजन बिताएका थिए ।

सो समय उनले तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जिताएका थिए । उनले युनाईटेडलाई फिफा क्लब विश्वकपदेखि कम्युनिटी सिल्डसमेत जिताए । पाँच पटकका वालेन डी ओर विजेता खेलाडी रोनाल्डोले करियरमा ३० मुख्य उपाधि जितेका छन् ।

उनले पाँच युईएफए च्याम्पियन्स लिगका साथै चार फिफा क्लब विश्वकप र सात वटा लिग इङ्ल्याण्ड, स्पेन र ईटालीबाट जितेका छन् । उनले देशका लागि युरो कपसमेत उचालेका छन् । उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । उनी तत्कालिन समयमा कीर्तिमानी मुल्यमा स्पेनिस क्लब रियल मड्रिड गएका थिए ।