
काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ ।
क्रियाशील सदस्यता विवाद समाधान समितिले विवाद टुंग्याएका ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली निर्वाचन समितिले प्रकाशित गरेको हो ।
नेपाली कांग्रेस निर्वाचन निर्देशिका, २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यको नामावली पार्टीको वेवसाइटमा प्रकाशित गरिएको छ ।
कांग्रेसको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले विज्ञप्ति जारी गरेर सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको जानकारी दिनुभएको छ ।
समितिले १० गते ३८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको र ११ गते थप १० जिल्लाको नामावली प्रकाशित गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्