१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

गौरा पर्वको दोस्रो दिन नानी गौरा


0
Shares

बैतडी । चार दिनसम्म मनाइने सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरको आज दोस्रो दिन नानी गौरा धुमधामकासाथ मनाइँदै छ । ब्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकको धारा, तलाउमा लगेर धुने गर्दछन् ।

आजको दिनलाई स्थानीय भाषामा नानी गौरा भन्ने चलन छ । सवाँ, अपामार्ग लगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ती बनाई नजिकका पानीका मूहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गरिने बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका गोल्मा भाटले बताउनुभयो ।

बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने चलन छ । दिउँसो गौरादेवीको पूजा गरेपछि साँझपख मिठोमसिनो खानुका साथै बिरुडा र फलफूलसहित ब्रतालु महिलाहरुले सगुन फाग गाएर गौरादेवीको आराधना गर्दछन् ।