
कल्पना बोहरा
अछाम । लगातारको वर्षातका कारण पहिरो आएर सडक अवरुद्ध हुँदा १२ घण्टादेखि शव अलपत्र परेको छ ।
पहलमानसिंह स्वाँर राजमार्ग स्थित चौरपाटी गाउँपालिका कृष्ण भिर नजिक सडक अवरुद्ध हुँदा बाजुराको आटिचौर गाउँपालिका–७, दानी गाउँका ६७ वर्षका मान सिंह खड्काको शव अलपत्र परेको हो ।
गएराति ९ बजे पुगे पनि पहिरोका कारण बुवाको शव घरमा पुर्याउन नसकेको मृत्यका छोरा सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।
चौरपाटी गाउँपालिकाको स्काभेटर बिग्रेपछी साँफेबगर नगरपालिकाको स्काभेटर पठाउने तयारी रहेको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्