
काठमाडौं । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।
महासचिव डाक्टर बद्री रिजालले विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कानुनबमोजिम यथाशीघ्र कारबाही गर्न नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायसँग माग गर्नुभएको हो ।
डा.सिंहलाई शुक्रबार दिउँसो एमालेका कार्यकर्ताले कालोमोसो दलेका थिए । एमालेको भातृसंगठन अनेरास्ववियू दाङका अध्यक्ष सर्जन परियारको नेतृत्वको गएको ३÷४ जनाको समूहले कार्यकक्षमै कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सिंहसँग चेकजाँच गर्नुपर्ने विषयमा विवाद गरेर परियारको समूहले उनलाई कालोमोसो दल्नुका साथै दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्नहरूको पहिचान भइसकेको र तत्काल पक्राउ गर्न निर्देशन मातहतका प्रहरीलाई निर्देशन दिइसकेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्