१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


नेपाली फुटबल टीमले अब काठमाडौंमै अभ्यास गर्ने


0
Shares

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टिमले अब काठमाडौंमै अभ्यास गर्ने भएको छ । साउन २४ गतेदेखि पोखरा रंगशालामा अभ्यास गरेको नेपाली टिम आज काठमाडौं फर्किएको छ ।

काठमाडौंमा अभ्यास गरेपछि नेपाली टिमले भारतीय टिमसँग दुई वटा मैत्रपूर्ण फुटबल खेल्नेछ । त्यसका लागि भारतीय टिम पनि सोमबार काठमाडौं आइपुग्दैछ ।

साफ च्याम्पियनसिपका लागि अहिले नेपाली टिमको बन्द प्रशिक्षणमा २४ जना खेलाडी रहेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरीले सुरुमा ५० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए ।

क्रमश क्याम्पबाट खेलाडीहरू बाहिरिए पछि अहिले खेलाडीको संख्या २५ मा झारिएको छ । तर, यसबीचमा रोहित चन्द इन्डोनेसियाको लिगका लागि उता गएपछि २४ जना खेलाडी रहेका छन् ।

नेपाली टिमले भारतसँगको मैत्रीपूर्ण फुटबलपछि साफ च्याम्पियनसिपको तयारी कतारमा गएर गर्ने तयारी पनि गरेको छ । नेपालसँगको मैत्रीपूर्ण प्रतियोगिताका लागि भारतले पनि टिम घोषणा गरिसकेको छ । उक्त टिममा स्टार खेलाडी सुनील क्षेत्री पनि रहेका छन् ।