
एजेन्सी । बेलायतले अफगानिस्तानमा फसेका नागरिकहरूलाई निकाल्ने आफ्नो मिसन शनिबार सकिएको जनाएको छ ।
बेलायतका चिफ अफ डिफेन्स स्टाफ जनरल निक कार्टरले अझै कैयौं मानिस अफगानिस्तानमा छुट्नेमा दुःख व्यक्त गर्नुभएको छ ।
बीबीसीसँग कुरा गर्दै उहाँले कयौं अफगान नागरिकले आफूहरूलाई त्यहाँबाट निकाल्न लगातार सन्देश पठाइरहेको जानकारी दिँदै उनीहरू सबैलाई निकाल्न नसकिने स्पष्ट पार्नुभयो ।
जनरल कार्टरले अगस्त ३१ तारिखको समय सीमा पछि छुटेका व्यक्तिहरूलाई फिर्ता ल्याउन सकिनेमा आशा व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्