२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


इरानी सर्वोच्च नेता भन्छन्, ‘अफगानिस्तानमा जारी संघर्षको जिम्मेवार बाइडेन र ट्रम्प एकै हुन्’


0
Shares

एजेन्सी । इरानका सर्वोच्च नेता अली खामेनेइले अफगानिस्तानमा जारी संघर्ष र इरानी परमाणु कार्यक्रममा अवरोधको मुख्य जिम्मेवार अमेरिकी राष्ट्रपति जो बाइडेन भएको आरोप लगाउनुभएको छ ।

राष्ट्रपति इब्राहिम रायसीको नेतृत्वमा नवनियुक्त मन्त्रिपरिषद् गठनपछिको पहिलो बैठकमा उहाँले बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच केही पनि अन्तर नभएको बताउनुभयो ।

उहाँले अमेरिकी विदेश नीतिको पर्दा पछाडि एक ‘सिकारी ब्वाँसो’ भएको उल्लेख गर्दै उक्त ब्वाँसो कहिलेकाहिँ चलाख स्यालमा परिणत हुने टिप्पणी गर्नुभयो ।