
एजेन्सी । अफगानिस्तानका सरकारी कर्मचारीहरुले काम गरे बापतको तलव माग गर्दै काबुलको एक बैंक बाहिर प्रदर्शन गरेका छन् । सयौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरुले अपदस्थ राष्ट्रपति असरफ गनी बिरुद्ध चर्को नारबाजी गरेका छन् ।
सरकारले विगत ६ महिनादेखि तलब भुक्तान नगरेको भन्दै उनीहरुले ३ देखि ४६ महिनाको तलब भुक्तानी गर्न माग गरेका हुन् । तालीवानले सत्ता हातमा लिएपछी डर र त्रासकाबीच बाँचेका उनीहरुले गरेको प्रदर्शन निकै महत्वपुर्ण भनिएको छ ।
पछिल्लो समय अफगानिस्तानमा पानी र खानाका लागि तड्पिरहेका उनीहरुले आफुहरु तलबबाट बन्चित भएको बारे तालिवानको पनि ध्यानाकर्षण गरेका छन् । अफगानिस्तानमा सयौ सरकारी कर्मचारी पलायन भइसकेका छन् भने बाँकी प्रर्दशनमा उत्रेका हुन् ।
प्रतिक्रिया दिनुहोस्