७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


आज पनि देशभर वर्षा : कर्णाली र सुदूरपश्चिममा ठूलो वर्षाको संभावना

मंगलबारसम्म वर्षा नराेकिने

0
Shares

काठमाडौं । केही दिन यता देशभर भईरहको वर्षा हुने क्रम आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुनी वायुको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकोले देशैभर सामान्यदेखि पूर्ण बदली भएर वर्षा भईरहेको पनि महाशाखको भनाइ छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको र यो क्रम आज दिनभर जारी रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघ गर्जन र चट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

भोलि पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको तथा प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना रहेको छ ।

यस्तै पर्सी मंगलबार देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने छ भने प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित ब्यापक वर्षाको हुने महाशाखाले जनाएको छ । निरन्तर झरीले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन भनेको छ ।