
काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको पर्सामा अहिले संक्रमण दर न्यून रहेको छ । वीरगञ्जका डेढ दर्जन अस्पताल तथा आइसोलेसन केन्द्र संक्रमितविहीन रहेका छन् ।
प्रदेशकै मुख्य अस्पताल नारायणी अस्पतालमा एक साता यता एक जना पनि नयाँ संक्रमित भर्ना भएका छैनन् । अस्पतालमा दिनमा सरदर ५० जनाको पीसीआर परीक्षण गर्दा मुस्किलले १/२ जनामा मात्र संक्रमण पुष्टि हुने गरेको अस्पतालले जनाएको छ ।
उनीहरुको अवस्था पनि सामान्य भएपछि घरमै बस्ने गरेका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १५ जना मात्रै रहेको छ । कोरोनाबाट पर्सा जिल्लामा हालसम्म १ सय ९५ को मृत्यु भएको छ भने उपचारका क्रममा पर्सा पुगेका जिल्लाका २ सय ३४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्