
कञ्चनपुर । महाकाली नदी किनारमा निर्माणाधीन ६ लेन सडकमा अत्यधिक भीडभाड बढेपछि प्रशासनले घुमफिरका लागि बन्द गरेको छ । स्वास्थ्य मापदण्डको पालन नभएको र पुल निर्माणमा समस्या भएको भन्दै प्रशासनले आजदेखि उक्त क्षेत्र घुमफिरका लागि बन्द गरेको हो ।
महाकालीमा निर्माणाधीन ४ लेनको पक्की पुलसँगै ६ लेनको सडक हेर्नका लागि स्थानीयसँगै अन्यत्रबाट समेत ठूलो भीड लाग्न थालेको थियो ।
जसका कारण उक्त क्षेत्र कोरोना संक्रमणको हट स्पट बन्ने खतरा रहेको भन्दै स्थानीयले घुमफिर बन्द गर्न आग्रह गर्दै आएका थिए । अनियन्त्रित रूपमा सवारीसाधन हाँक्ने र निर्माणकार्यमा रहेका सवारी साधनलाई समेत बाटो नछोड्ने र महिला तथा युवतीमाथि दुव्र्यवहार समेत बढेकाले बन्द गर्नुपरेको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्