
मुग्लिन-नारायणगढ सडक
धादिङ । त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा नौबिसे खण्ड पनि अवरुद्ध भएको छ । नागढुंगा नजिकै चिसोपानी धारो आसपासमा गएको पहिरोका कारण विहान ९ बजेदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि राजधानी छिर्ने र बाहिरिने सबै सवारी साधनहरु रोकिएका छन् । बर्षा जारी रहेकोले पहिरो पन्छाउन कठिनाई भईरहेको थानकोट प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्