१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धानबालीमा गबारो र ब्याक्टेरियल रोगको प्रकोप बढेपछि किसान चिन्तित


0
Shares

बिवेक भण्डारी

नवलपुर । गत वर्ष गरिमा धान लगाए उत्पादन घटेका नवलपुरका किसानहरुलाई यो बर्ष रोगको प्रकोपले चिन्तित बनाएको छ । समयमै पानी पर्दा रोपाँई पनि समयमै भएकोले धान उत्पादन बढ्ने आशा गरेका किसान निरास बनेका छन् । धानमा बाला लाग्ने समयमा ब्याक्टेरियल, ढुसीजन्य रोग र गबारो जस्ता रोग देखिन थालेको छ । कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको धान ब्लकका रुपमा छ्ट्याएका क्षेत्रहरुमा बढी रोग देखिएको किसानले बताएका छन् ।

जिल्लाका आठवटै स्थानीय तहबाट धानमा रोग देखिएको छ । त्यसमध्ये पनि कावासोती–१७ र गैँडाकोटका वडा नं ११ र १२ मा बढी प्रकोप देखिएको ंकृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । धानबालीमा पानी बढी हुँदा रोग देखिएको कृषी ज्ञान केन्द्रका नवलपुरकी बाली विकास अधिकृत मीरा चौधरीले जानकारी दिनुभएको छ ।

अहिले धानमा विभिन्न खाले समस्या देखिएपछि धान ब्लक कार्यक्रम समेत प्रभावित हुने देखिएको छ । ब्लक कार्यक्रमअन्तर्गत किसानलाई कुलो, नहरलगायतका पूर्वाधार निर्माण, यान्त्रीकरण र बीउबीजन तथा प्राविधिक ज्ञान प्रदान गर्ने गरिएको थियो । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका प्रमुख बासु रेग्मीले रोग किरालगायतका समस्याले किसान पनि मर्कामा पर्ने र कार्यक्रमसमेत प्रभावित हुने बताउनुभएको छ।

गण्डकी प्रदेशकै सबै भन्दा बढि धान खेती नवलपुरमा हुन्छ । नवलपुरमा कृषकका लागि आवस्यक ज्ञान र कृषि सम्बन्धि तालिम प्रदान गर्ने र विभिन्न बालिहरुमा लाग्ने रोगको बारेमा जानकारी गराई स्वयम पहिचान र त्यसको समाधानबारे जनकारी गराउनुपर्ने देखिन्छ ।