
नबराज छत्कुली
धादिङ । अविरल वर्षासङ्गैको पहिरोले अवरुद्ध भएको राजधानी काठमाडौं छिर्ने नाका एकतर्फी खुलेको छ ।
त्रिभुवन राजपथको नागढुंगा नौबिसे खण्डको चिसापानीमा पहिरो झरेपछि बिहान ९ बजेदेखि राजधानी छिर्ने र बाहिरिने सबै सवारी साधन रोकिएका थिए ।
ट्राफिक प्रहरीका सडक डिभिजन कार्यालय काठमाडौंबाट गएको डोजरले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाएको हो ।
केहिबेरमा दुबैतर्फ सडक खुल्ने महानगरीय प्रहरी प्रभाग थानकोटले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्