२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


मलामी गएका युवकलाई खोलाले बगायो, चार जनाको उद्धार


0
Shares

बैतडी । आफन्तको मलामी गएका बैतडीका एक युवक खोलामा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको सिगास गाउँपालिका २ का २२ वर्षीय प्रकाशसिंह धामी रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

मलामी गएका ती युवकलाई नुहाउँने क्रममा आज बिहान १० बजे टुँडे खोलाले बगाएको हो । बेपत्ता युवकको खोजी कार्य भइरहेको छ ।

यस्तै मलामी गएका नरेन्द्र सिंह धामी , विरेन्द्र सिंह धामी, नन्द धामी र विरेन्द्र धामीलाई पनि खोलाले बगाएको थियो । उनीहरुको मलामी गएकाहरुले सकुशल उद्धार गरेका छन् ।