१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचनाहरुलाई प्राथमिकता दिइ काम गर्न सरकारलाई निर्देशन


0
Shares

काठमाडौं । दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचनाहरुलाई उच्च प्राथमिकता दिइ कार्य गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज सिंहदरवारमा बसेको समितिको बैठकले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचनाहरुलाई उच्च प्राथमिकता दिइ कार्य गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले विषयगत मन्त्रालयहरुले दिगो विकास लक्ष्यबारे गरेको प्रगति र चुनौति तथा समाधानका उपायहरु बारे छलफल र अनुगमन गर्न आवश्यक रहेको समेत औँल्याएको छ ।

समितिले दिगो विकास लक्ष्य हासिल गर्न प्रदेशसँग सहकार्य गर्नुपर्ने र दिगो विकास लक्ष्यहरुलाई स्थानीयकरण गरी स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने निर्णय पनि गरेको छ ।
समितिले तीन वटै तहसँग समन्वय गरी दिगो विकास लक्ष्य प्राप्ति तर्फ पहल गर्ने निर्णय समेत गरेको समितिकी सभापति तारादेवी भट्टले जानकारी दिनुभयो ।

सभापति भट्टले लकडाउनले गर्दा असर परेको विकास लक्ष्यप्रति संसदको प्रतिवद्धता धुलिखेल घोषणापत्रको पुनः कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको बताउनुभयो ।