
काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा उच्च अंकको गिरावट आयोे । बजार परिसुचक नेप्से ४९ अंकले ओरालो लागेर ३ हजार ४५ बिन्दुमा आई थामियो ।
यसदिन कारोबार भएका अधिकांश समूहमा गिरावट आयो । यसदिन जीवन बिमा समुहमा सबैभन्दा उच्च ३ सय ४ अंकको गिरावट आउँदा निर्जिवन बिमा समुह पनि २ सय ५३ अंकले ओर्लियो ।
अरु सबैजसो समूह दोहोरो अंकले ओरालो लाग्दा मात्र वित्त समुह २१ अंकले सुधारियो । यसदिन २८ कम्पनीको शेयर मुल्य बढ्दा १ सय ५७ कम्पनीको मूल्य ओरालो लाग्यो ।
यसदिन नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढि कमाउँदा रुरु जलविद्युत आयोजनाका लगानीकर्ताले सबैभन्दा बढि गुमाउन पुगे ।
यसदिन २ सय २७ कम्पनीको २ करोड ४८ लाख कित्ता शेयर १५ अर्ब ६५ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्