
तस्बिर फाइल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ ।
आज संसदीय दलको बैठक पछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तारका लागि पार्टीहरु भित्र छलफल र परामर्श चलिरहेको भन्दै अब छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको हो ।
अध्यक्ष नेपालले कोही महाधिवेशन तयारीमा जुट्नु परेको र कोही पार्टी निर्माण र विस्तारकै क्रममा रहेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्