२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


रयालेका स्थानीयले अनलाइनबाटै स्वास्थ्य जाँच गराए


0
Shares

काभ्रे । पनौती नगरपालिका वडा नम्बर १ रयालेका ३५ जनाले मोबाइल र ल्यापटपबाट नै आफ्नो स्वास्थ्य जाँच गराएका छन् ।

टेलीउपचार मार्फत पनौती नगरपालिका र हाम्रो पाइला नेपालको सहकार्यमा आयोजना गरिएको टेलीहेल्थ क्याम्पमा स्वास्थ्य समस्या देखिएका स्थानीयले अनलाइन मार्फत विशेषज्ञ डाक्टरहरुसँग परामर्श लिएका हुन् ।

टेलीउपचार बिरामीहरुलाई विशेषज्ञ डाक्टरहरुसँग अनलाइन मार्फत स्वास्थ्य जाँच गराउने एक आधुनिक प्रविधिको मोबाइल एप हो । नयाँ प्रविधि मार्फत आफ्नै गाउँबाट डाक्टरसँग परामर्श लिन पाउँदा स्थानीय खुसी देखिएका थिए ।

यसमा विभिन्न क्षेत्रका विशेषज्ञ डाक्टरहरु सयौंको संख्यामा आवद्ध रहेको संयोजक सुरज गिरीले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवाको सहज पहुँचबाट टाढा रहेका ग्रामिण क्षेत्रलाई लक्षित गरी शिविर आयोजना गरिएको प्रशासन प्रमुख मनिषा ज्ञवलीको भनाई छ ।

घरबाट नै डाक्टरसँग परामर्श लिन सकिने टेलीउपचार सेवा प्रभावकारी हुने वडा अध्यक्ष गुणनाथ सापकोटाको विश्वास छ ।