१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फ्रेन्च लिगमा आज पीएसजी र रेइम्स भिड्दै, मेस्सीले डेब्यु गर्ने सम्भावना


0
Shares

एजेन्सी । फ्रेन्च लिग वानमा आज पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेइम्सविरुद्ध खेल्दैछ । रेइम्सको घरेलु मैदानमा हुने खेलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पीएसजीका लागि डेब्यु गर्न सक्ने सम्भावना रहेको छ ।

पीएसजीमा मेस्सीको डेब्यु खेल हेर्न समर्थकहरु लामो समयदेखि प्रतिक्षारत छन् । यस सिजन पीएसजीले खेलेको ट्रोयस, स्ट्रासवर्ग र ब्रेस्टविरुद्धको खेलमा मेस्सीलाई टिममा समावेश गरिएको थिएन ।

पेरिस आएदेखी मेस्सी टिमको साथमा प्रशिक्षणमा व्यस्त रहेका छन् । यस्तै सेप्टेम्बरमा हुने विश्वकप छनोट खेलका लागि अर्जेन्टिनी राष्ट्रिय टिमका प्रशिक्षक लियोनल स्कालोनीले कप्तान मेस्सीलाई टिममा बोलाएका छन् ।

मेस्सीले आजको खेलमा डेब्यु नगरेको खण्डमा अन्तराष्ट्रिय ब्रेक सकिएपछि मात्र डेब्यु गर्नेछन् ।