२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


मलामी गएका बैतडीका युवकको खोलामा बगेर मृत्यु


0
Shares

विनोद सिंह विष्ट

बैतडी । खोलामा बगेर बेपत्ता भएका बैतडीको सिगास गाउँपालिका २ का २२ वर्षीय युवक प्रकाशसिंह धामी मृत फेला परेका छन् । आफन्तको मलामी गएका प्रकाश आज बिहान १० बजे नुहाउँने क्रममा स्थानीय टुँडे खोलामा बगेर बेपत्ता भएका थिए ।

बेपत्ता भएको प्रकाशको खोजी गर्दै जाँदा आज दिउँसो १ बजेतिर बगेको ठाउँबाट १ किलोमिटर तल मृत अवस्थामा भेट्टिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । प्रकाशको शव खोलाको बीचभागमा अड्किएको अवस्थामा फेला परेको हो ।

यस्तै मलामी गएका नरेन्द्र सिंह धामी,विरेन्द्र सिंह धामी ,नन्द धामी र विरेन्द्र धामीलाई पनि बिहान खोलाले बगाएको थियो । उनीहरुको मलामी गएकाहरुले सकुशल उद्धार गरेका छन् ।

लगातारको वर्षाका कारण खोलामा एक्कासी पानीको सतह बढेर उनीहरुलाई बगाएको प्रहरीले जनाएको छ ।