१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


कोरोना संक्रमितको संख्या ह्वातै घट्यो, आज १३ सय ८८ संक्रमित, २४ जनाको मृत्यु


0
Shares

काठमाडौं । नेपालमा पाँच महिनापछि आज कोरोना संक्रमण ह्वात्तै घटेको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जना व्यक्तिमा मात्र संक्रमण देखिएको छ ।

१० हजार २ सय ९७ जनामा गरिएको परीक्षणमा १३ दशमलव ४ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भदौ महिना लागेसँगै लगातार कोरोना संक्रमण घटिरहेको छ । काठमाडौ उपत्यकाका ४ सय ७८ जनामा संक्रमण देखिएको छ । जसका काठमाडौमा ३ सय १२, ललितपुरका १ सय १४ र भक्तपुरका ५२ जना रहेका छन् ।

उपत्यकामा धेरैपछि ५ सय कम संक्रमित भेटिएका हुन । उपत्यकापछि मोरङ्, सुनसरी र कास्की जिल्लामा बढी संक्रमण देखिएको छ ।

परीक्षणको तुलनामा कर्णाली प्रदेशमा बढी संक्रमण देखिएको छ । कर्णालीमा ४९ जनामा परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको हो ।

देशभर थप २ हजार २ सय ६० जनाले संक्रमण जितेका छन् । संक्रमणवाट यो अवधिमा थप २४ जनाको मृत्यु भएको छ ।

देशभर हाल ३५ हजार ७ सय ९६ जना सक्रिय संक्रमित छन् । तीमध्ये ६ सय २५ को आइसियू र १ सय ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।