६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


मधेशको नेता भन्ने महन्थ ठाकुर प्रतिगमनको मतियार बनेको उपेन्द्रको आरोप


0
Shares

भैरहवा । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूलाई मधेशको नेता भन्ने महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बनेको आरोप लगाउनुभएको छ । महन्थ ठाकुर एण्ड कम्पनी संसद विघटन गर्ने केपी ओलीको मतियार बनेको उहाँको आरोप छ ।

जसपा नेपाल केन्द्रीय समितिले आज भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताउनुभएको हो ।

दुई पटक संसद विघटन गरेर ओलीले एकै व्यक्तिलाई दुईपटक मृत्युदण्डको सजाय दिएको उहाँको टिप्पणी छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र बचाउने काम जसपाले गरेको भन्दै उहाँले अब यसको संस्थागत गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।

अहिलको संविधान त्रुटीपूर्ण र विभेदकारी रहेको भन्दै यसलाई संशोधन गर्नुपर्ने अध्यक्ष यादवको मत छ ।