२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025


पारालाेम्पिकका लागि टोकियो पुगेकी पलेशाको प्रशिक्षण सुरु


0
Shares

काठमाडौं । जापानमा जारी टोकियो पारालिम्पिक खेलकुदमा सहभागिता जनाउन टोकियो पुगेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रशिक्षण सुरु गरेकी छिन् ।

टोकियो पुगेर क्वारेन्टाइनको समय पूरा गर्दै पलेशाले अभ्यास सत्र सुरु गरेकी हुन् । पलेशाले मुख्य प्रशिक्षक कविराज नेगी लामा र तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्टसँग अभ्यास थालेकी हुन् ।

पलेशाले आज मिगुरो चोउ जिम्नासियममा अभ्यास गरेको तेक्वान्दो संघले जनाएको छ । पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन् ।

पारालिम्पिकमा सहभागिता जनाउन १ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली टोकियोमा छन् । पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, दीपक विष्ट अफिसियल, सरोज श्रेष्ठ सेफ दि मिसन, डा. दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी भएका छन् ।