
बिराज रोस्यारा
कैलाली । लिटल फ्लावर प्रिमियर लिगको छैटौ संस्करण घोषणा गरिएको छ । प्रत्येक वर्ष लिग सञ्चालन गर्दै आइरहेको लिटिल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्स यो वर्ष पनि माघमा लिग सञ्चालन गर्ने घोषणा गरेको हो ।
आइतबार पहिलो औपचारिक पत्रकार सम्मेलन गर्दै लिटिल फ्लावर प्रिमियर लिग छैटौ संस्करणको सम्ंपूर्ण तयारीमा जुटेको इभेन्ट्सका अध्यक्ष रामचन्द्र जोशीले बताउनुभयो ।
कोभिड–१९ ले श्रृजना गरेको त्रासलाई मध्यनजर गरि सुरक्षाका मापदण्ड अपनाएर प्रतियोगिता सञ्चालन गरिने उहाँले बताउनुभयो ।
‘देशभरिका विद्यालयहरुको सहभागितामा लिग कम नकआउट फरम्याट सञ्चालन हुने यस प्रतियोगिताले विद्यालय तहमा क्रिकेट खेलप्रति अभिरुचि बढेको, यस खेलप्रति अभिभावक र विद्यार्थीहरुमा सकारात्मक धारणा विकास हुँदै गइरहेको हामीले पाएका छौ’ जोशीले भन्नुभयो ।
यसपटक प्रतियोगितामा १० वटा टिम मात्र सहभागी हुन पाउने र उक्त १० वटै टिम छनोट भइसकेको जोशीले जानकारी दिनुभयो ।
प्रत्येक सहभागी विद्यालयले ११ जना खेलाडी सोही विद्यालयमा कक्षा १० सम्म अध्ययनरत भएको हुनुपर्ने र ४ जना नेपाल भित्रका १९ वर्ष मुनिका खेलाडी राख्न पाइने जनाइएको छ ।
उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्स म्यानलाई १० हजार र उदयमान खेलाडीलाई १० हजार पुरस्कार रहेको लिटिल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्सले जनाएको छ । विजेता र उपविजेताको पुरस्कार भने केहि दिनमा जानकारी गराउने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्