२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्याङ्जाको राम्दीमा पहिराेले पुरिएर एकको मृत्यु, तीन जना घाइते


0
Shares

स्याङ्जा । गण्डकी प्रदेशको मुख्य नाका स्थित गल्याङ नगरपालिका १ राम्दिमा घरभन्दा ५० मिटर माथिबाट आएको पहिरोले पुरिएर एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

माथिबाट आएको पहिरोले आज दिउँसो ४ ३० बजे लक्ष्मी बस्नेतको घर पुरिदाँ भित्र रहेकी एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा वालिङ नगरपालिका १४ की अन्दाजी ४० वर्षीय धनमाया उम्रे रहेकी छन् ।

पहिरोमा परी गुल्मी छत्रकोटा गाउँपालिका स्थायी ठेगाना भएकी घरधनी ३७ वर्षकी लक्ष्मी बस्नेत, रुपन्देही, सैनामैना नगरपालिका १ का १६ वर्षीय शीशीर योगी र भिरकोट नगरपालिका(५ बस्ने ३६ वर्षका नारायण प्रसाद तिवारी घाइते भएका छन् ।

घाइते भएका तीनै जनालाई उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको छ। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।