१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


युवा संघ र अनेरास्ववियूले बलात्कार आरोप लागेका मन्त्री बर्खास्तीको माग गर्दै मुख्यमन्त्री कार्यालय घेरे


0
Shares

सुर्खेत । युवा संघ सुर्खेत र अनेरास्ववियू सुर्खेतले कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ ।

बलात्कारको आरोप लागेका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई बरखास्तीको माग गर्दै उनीहरुले कार्यालय घेराउ गरेका हुन् ।

उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तत्काल मन्त्रीबाट बखास्त गर्न ज्ञापनपत्र समेत बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दोषीलाई कानुनी कठघारामा उभ्याउने भन्दै सत्यतथ्य छानविन गर्ने आश्वासन दिनुभयो ।

एक महिलाले २०७६ माघमा मन्त्री शाहीले बलात्कार गरेको आरोप लगाएकी थिइन । घटनाबारे सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि भने ती महिलाले मन्त्रीमाथिको आरोप निराधार भएको प्रतिक्रिया दिएकी छन ।

घटना बाहिरएपछि युवा संघ र अनेरास्ववियुले मन्त्रीले नैतिकताका आधारमा मन्त्रीलाई बरखास्त गर्न माग गरेको हो ।