
एजेन्सी । अर्जेन्टाइनी फुटबल स्टार लियोनल मेस्सीले फ्रान्सको शीर्ष डिभिजनको लिगमा डेब्यु गरेका छन् । गएराति भएको रेम्सविरुद्धको खेलबाट मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी)को लागि डेब्यु गरेका हुन् ।
पिएसजी २–० ले विजयी भएको यो खेलमा दुबै गोल भने किलियन एम्बाप्पेले गरे । १७ वर्षसम्म स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका मेस्सी यसै सिजन पीएसजीमा अनुबन्ध भएका हुन् ।
उता मेस्सीबिनाको बार्सिलोनाले गएराती गेटाफेलाई २–१ ले हरायो । आफ्नै मैदानमा बार्सालाई विजयी गराउन सर्जी रोबार्टो र मेम्फीस डिपेले एक एक गोल गरे ।
गेटाफेका सान्द्रो रामिरेजले एक गोल फर्काए । ला लिगाकै अर्को खेलमा साविक विजेता एथ्लेटिको मड्रिडले भियारियालसँग २–२ गोलको बराबरी खेल्यो ।
प्रतिक्रिया दिनुहोस्