२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


अमेरिकाले अफगानिस्तानमा आक्रमण जारी राख्ने


0
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रिय सुरक्षा सलाहकार जेक सुलिवनले काबुल एयरपोर्टमा हमला गर्नेविरुद्ध अफगानिस्तानमा कारबाही जारी राख्ने चेतावनी दिएका छन् ।

उनले राष्ट्रपति जो बाइडेन नयाँ युद्ध सुरु गर्ने पक्षमा नरहेपनि विमानस्थलमा हमला गर्ने इस्लामिक स्टेट खुरासानलाई भने नछोड्ने प्रष्ट पारे । उनले सो समूहले अफगानिस्तान बाहिर कुनै पनि गतिविधि गर्न नसक्ने भए पनि त्यहाँ उसले आफ्नो क्षमता विस्तार गर्न सक्ने बताए ।

अमेरिकाले हिजो काबुल विमानस्थलमा आत्माघाति विष्फोटका लागि आउँदै गरेको एउटा सवारी साधन ड्रोन हमलाबाट नष्ट गरेको जनाएको छ ।