
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १३ पु¥याएको छ । १० वटा मन्त्रालयलाई फुटाएर भाग पुग्नेगरी सरकारले १३ मन्त्रालय बनाएको हो ।
साढे तीन वर्ष सात वटा मन्त्रालयमार्फत काम कारबाही गर्दे आएकोमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले जसपाका सांसदलाई सरकारमा सहभागी गराउदै १० वटा मन्त्रालय बनाउनु भएको थियो ।
मन्त्रालय थप गरिएसँगै मन्त्रिमण्डल विस्तारको तयारी रहेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्