
बैतडी । महाकाली राजमार्गमा आज बिहानै स्कापियो दुर्घटनामा परेको छ । दुर्घटना परि चालकसहित २ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा चालक कञ्चनपुरको वेदकोट नगरपालिका ८ गयलनदीका हरिस बोहरा र बैतड्रीको दोगडाकेदार गाउँपालिका २ बडियाका दानसिंह भाट रहेका छन् । उनीहरुको स्थानीय क्लिनिकमा सामान्य उपचारपछि बाहिर रेफर गर्ने तयारी रहेको छ ।
दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको बा १२ च ४२४० नम्बरको स्कारपियो राजमार्ग अन्र्तगत बैतडीको दोगडाकेदार गाउँपालिका ३ खोचलेक नजिकै आज बिहान साढे ७ बजे दुर्घटनामा परेको हो । स्कारपियोमा चालकसहित २ जना मात्रै सवार रहेका प्रह्रीले जनाएको छ ।
वर्षाका कारण सडक चिप्लो भएर दुर्घटना भएको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए । स्कारपियो सडकबाट १ सय मिटर तल खसेको छ ।
प्रतिक्रिया दिनुहोस्