
पर्वत । निरन्तर परेको वर्षाका कारण पर्वतको दक्षिण पर्वतका विभिन्न पालिकालाई सदरमुकाम कुश्मासँग जोड्ने सडक अवरुद्ध बनेको छ ।
जिल्लाको पैयुँ गाउँपालिका जोड्ने मुख्य लुंखुदेउराली–हुवास सडक आइतवार दिउँसोदेखि अवरुद्ध भएको हो । पैयुँ गाउँपालिका वडा नम्बर– ७ भोर्ले स्थित सेराखोलामा पहिरो खसेर लुंखुदेउराली– हुवास सडक अबरुद्ध भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
पैंयु गाउँपालिकाको हुवासबाट सदरमुकाम कुश्मा सम्म आवातजावत गर्ने र स्थानीवासी गाउँपालिकाको केन्द्र सम्म जाने उक्त सडक अवरुद्ध हुँदा समस्या भएको स्थानीय तोयानाथ भुसालले जानकारी दिनुभयो । शेराखोलामा निर्माणिधिन पुल माथिको भित्तो भत्किएर सडक पुरिएको भुसालले बताउनुभयो ।
लगातारको वर्षासंगैको पहिरोले सडक भत्किएको छ भने सडकमाथी ठूलो पहिरो खसेको छ । पहिरोले सडक पुरिएको र बैकल्पिक सडक नहुँदा स्थानीयलाई समस्या भएको उहाँले बताउनुभयो ।
पहिरो भन्दा माथिल्लो भागमा रहेको बस्ती पनि जोखिममा रहेको छ ।
वर्षा भैरहेको हुनाले जोखिममा रहेका बस्तीका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको इलाका प्रहरी कार्यालय हुवासले जनाएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लालबहादुर बिकले पहिरोले सडक पुरिएको र पुलमा सामान्य असर भएको बताउनुभयो । मानवीय वस्ती लाई असर गर्न सक्ने भएकाले सचेत रहन सूचित गरेको विकले जानकारी दिनुभएको छ ।
पर्वतमा अहिलेपनि भारी वर्षा भैरहेको छ । वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्ने क्रम बढेको छ । जिल्लाका अधिकांस ग्रामीण सडकहरु समेत अवरुद्ध भएका छन् ।
प्रतिक्रिया दिनुहोस्