
हेटौंडा । विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका चार फरार प्रतिवादीलाई मकवानपुर प्रहरीले सोमबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैकिंङ कसुर र सवारी ज्यान मुद्दाका ४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिकाका कौशिमाया स्याङतान, गंगा लामा, बकैया गाउँपालिकाका शिवबहादुर खुलाल र हेटौंडा उपमहानगरपालिकाका दशरथ अर्याल छन् ।
पक्राउ परेका चारै जनालाई कैद र जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रवक्ता प्रहरीनायव उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्