२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


दाङका चिकित्सक आन्दोलनमा, इमरजेन्सी बाहेकका सेवा बन्द गर्ने चेतावनी


0
Shares

दाङ । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् ।

जिल्लाका विभिन्न अस्पतालमा कार्यरत झन्डै ३ सय बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मी काम छोडेर सडक आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।

डाक्टर सिंहमाथि भएको अभद्र व्यवहारको निजी अस्पतालका चिकित्सकहरूले पनि विरोध गरेका छन् । घटनाका दोषीलाई तत्काल कारबाही नगरे इमेरजेन्सी बाहेकका सबै सेवाहरू बन्द गर्ने नेपाल चिकित्सक संघ, दाङका अध्यक्ष कुवेर रेग्मीले चेतावनी दिनुभयो ।

दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले दोषीलाई कानुनी दायरामा ल्याउने वचन दिनुभएको छ ।

नेकपा एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सह–संयोजक दिवस क्षेत्रीको समूहले तीनदिन अघि मेसु सिंहलाई कार्यकक्षमै प्रवेश गरी मोसो दलेका थिए ।