
धादिङ । करेन्ट लागेर जिल्लामा दुई जनाको मृत्यु भएको छ ।
गजुरी गाउँपालिका –५ गलौधीमा करेन्ट लागेर अर्का जना घाइते भएका छन् । मृत्यु हुनेमा स्याङ्जा पुतलीबजारका विमल परियार र पोखराका उमाकान्त बराल रहेका छन् ।
एनसेल मोबाइलको तार बिजुलीको पोलमा जोड्न भर्याङ हाल्ने क्रममा करेन्ट लागेर दुवैजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्